Friday, October 17
Shadow

चौठचन्द्र पर्व लक्षित माटोको भाडा बनाउन ब्यस्त

अजितकुमार झा
इनरुवा(सुनसरी), ९ भदौ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न ठाउँमा बसोबास गर्दै कुम्भकार (कुमाले) समुदायका मानिस अहिले चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन र बिक्रि गर्न व्यस्त छन् ।
सुनसरी सदरमुकाम इनरुवा सहित कोसी, हरिनगर, देवानगन्ज, बर्जु, दुहबी, भोक्राहा लगायतका स्थानमा बसोबास गर्दै आएका कुम्भकार (कुमाले) समुदायका मानिस चौठचन्द्र पर्व लक्षित माटोका भाँडा बनाउन र बिक्रि गर्न व्यस्त भएको हुन् ।
पर्वका दिन माटोका भाँडामा खिर, दही, फलफूल सहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि माटाको भाँडा बनाउन र बिक्रि गर्न भ्याईनभ्याई भएको स्थानीय ध्रुवनारायण पण्डितले जानकारी दिनुभयो । मिथला क्षेत्रमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
एक साता अघिदेखि इनरुवा २ बिहिबारे हाटमा बसोबास गर्दै आएका कुम्भकार समुदायका मानिस एक बिहानै भएपछि कोई माटो मुछन् त कोई माटोको भडा बनाउने काममा व्यस्त बनेको हुन्छ ।
उनीहरुको सबैको उदेश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्याउने । जिल्लाका बिभिन्न ठाउँमा बसोबास गर्र्दै आएका कुम्भकार समुदायका मानिस चाडपर्वलाइ सहज बनाउने उदेश्यले माटोको भडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो ।
कुम्भकार समुदायले चौठचन्द्र पर्वलाई लक्षित गरी माटोको घैला, दियो, छाछ छाछी, मटकुडी, दियो राख्ने बाला (लावैन)लगायत विभिन्न किसिमका भाँडाकुँडा बनाउन व्यस्त रहेको उहाँले बताउनुभयो ।
नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको स्थानीय देवनारायण पण्डितले बताउनुभयो । चौठचन्द्र पर्वका बेलामा सामग्रीको अत्याधिक मांग हुने भएकाले समान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ । चौठचन्द्र पुजामा माटोको भाडामा मात्र सामग्री चढ्ने भएकाले समेत माग अत्याधिक भएको स्थानीयवासीको भनाई रहेको छ ।
चौठचन्द्र पर्वमा एक थान भाँडालाई ५० रुपैयाँ देखि २ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उपभोक्ताले बताएका छन् । बजारमा पाइने प्लास्टिक, स्टिल, पित्तलका सामग्रीले माटोका भाँडालाई विस्थापित गरेपनि चाडपर्वमा माटोको भाडा अनिवार्य माग हुने गरेकाले कुम्भकारलाई यतिबेला भाँडा बनाउन भ्याईनभ्याई भएको स्थानीय ध्रुवनारायण पण्डितले बताउनुभयो ।
प्रजापति समुदायका व्यक्तिहरुले हात तथा मेसिनबाट बनाउने भाडोहरु बनाई गाउँघर देखी सहरसम्म बेच्न लाने गरेको छ ।
यसपालि मिथिलाञ्चलमा भदौं १० गते मङगलबार चौठचन्द्र पर्व परेको छ । पर्वका दिन साँझ चन्द्रमालाई माटोको भाँडामा बनाइएको दही, खिर, पुरी, फलफूल सहित पूजा गरी पर्व मनाउने गरिन्छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *