Friday, October 17
Shadow

निउरो बिक्रि गरेर मासिक १५ हजार

अजितकुमार झा
इनरुवा(सुनसरी), २६ साउन । सुनसरी कोसी गाउँपालिका–७ का १८ बर्षीय रामकुमार सदाको घर कोसी टप्पु वन्य जन्तु आरक्ष नजिकै छ ।
सदा बिहानै उठन साथ नास्ता गरेर आरक्षको जङगल गएर दैनिक १० देखि १५ मुठ्ठा सम्म निउरो टिपेर ल्याउनुहुन्छ ।
निउरो ल्याइसकेपछि सदाको दैनिकी पूर्व पश्चिम लोकमार्गको किनारमा बित्ने गरेको छ । लोकमार्ग भएर आवतजावत गर्नेलाई इच्छुक व्यक्तिलाई निउरो बेच्ने दैनिकी रहेको छ । दैनिक रुपमा सडक छेउमा १० देखि १५ मुठ्ठा निउरो बिक्रि गर्ने गरेको सदाले बताउनुभयो । ५० रुपैयाँ प्रति मुठ्ठा निउरो बिक्रि हुदै आएको उहाँले बताउनुभयो ।
निउरो बिक्रि गरेर घर खर्च र पकेट खर्च समेत निकाल्दै आएको उहाँले बताउनुभयो । आर्थिक कमजोरीका कारणले बिद्यालय जाने उमेर निउरोको ब्यपार गर्नुपरेको उहाँले बताउनुभयो । बाहिर काम गर्नका लागि जादा समयमा पैसा नपाउने र काम समेत समयमा नपाउन भएकाले नजिकै रहेको आरक्षमा निरोउ टिप्ने र हाइवे छेउमा राखेर बिक्रि गर्ने गरेको उहाँले बताउनुभयो । निउरोबाट मासिक १५ हजार रुपैयाँ सम्म आम्दनी गर्दै आएको बताउनुभयो ।
कोसी टप्पु स्थित भण्टावरी र हरिपुर क्षेत्रमा बिहानका समयमा दैनिक २० देखि ५० जना सम्म निउरो टिप्नका लागि जाने गरेको स्थानीयवासीले बताएका छन् । बाहिरबाट आउने ब्यपारीले दैनिक रुपमा एक जनाले १ सय वटा मुठ्ठा टिपेर लग्ने गरेको उहाँको भनाई रहेको छ । बाहिरबाट आउने व्यपारीका कारणले स्थानीयलाई आवश्यक्ता अनुसार निउरो नपाउने गरेको रामकुमार सदाले बताउनुभयो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *