इनरुवा(सुनसरी), २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोल स्थित पुर्व पश्चिम राजमार्गमा सोमबार बस र माईक्रो(वङिगर) ठोक्किदा ४ जनाको मृत्यु भएका छन् ।
मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ बर्षीय शङकर मण्डल, कोसी गाउँपालिका ६ का ७० बर्षीय लक्ष्मण सदा, मोरङ बिराटनगर–१० का ४० बर्षीय अशोक यादव रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
त्यसैगरी अन्दाजी ४५÷५० बर्षीया एक महिलाको पहिचान खुल्न बाकी रहेको उहाँले बताउनुभयो । काँकडभिट्टाबाट खोटाङ दिक्तेल तर्फ जादै गरेको मे१ख १७९९ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माईक्रो(विङगर) एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विङगरमा सवार १६ जना घाईते र २ जनाको मृत्यू भएका छन् । दुर्घटनामा मोरङ सुन्दरहरैचा नगरपालिका –९ का अम्बिका राई, खोटाङ रावावेसि गाउँपालिका–०२ का निरुता परियार, सोही ठाउँका निर्मल परियार, सप्तरी महदेवा गाउँपालिका–६ रबिन्द्र प्रसाद मण्डल, उदयपुर चौदण्डिगढी नगरपालिका–५ का रेनु श्रेष्ठ, झापा शिबसतासी नगरपालिका –०५ खगेन्द्र थापाको अवस्था सम्मान रहेको र उहाँहरुको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरीमा उपचार भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
त्यसैगरी दुर्घटनामा भद्रपुर नगरपालिका–९ का ५३ बर्षीय सन्तोष खत्री, उदयपुर बेलस्रोत नगरपालिका–१ का २० बर्षीय दिपक बि.क., ईलाम चुलाचुलि गाउँपालिका –३ का ३६ बर्षीय सविन राई, सप्तरीका रविन्द्र मेहता, सप्तकारीका जिवछ महात्मान, सप्तरी बिष्णुपुर गाउपालिका –१० का ४५ बर्षीया ममता साहको अवस्था समान्य रहेको र उहाँहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बस चालक झापा अर्जुनधारा नगरपालिका १ का ३६ बर्षीय गोपाल अधिकारी र बस जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो ।
घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । बर्षा भइरहेको र सवारी तिब्र गतिमा रहेकाका कारणले दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।–––