Saturday, October 18
Shadow

सुनसरीमा १३ ठाउँबाट निकालियो रथयात्रा

इनरुवा(सुनसरी), १ भदौ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको १३ ठाउँबाट कृष्णजन्माष्टमीको अवसरमा आइतबार रथ यात्रा लिकालिएको छ ।
इनरुवा–३ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको राधाकृष्ण रथयात्रा इनरुवा सहित जिल्लाको १३ स्थानबाट निकालिएको हो ।
धरानमा २ वटा रथयात्रा निकालिएको थियो भने इटहरी, दुहबी, रामधुनी, हरिनगर, देवानजन्ज लगायतका १३ स्थानबाट रथयात्रा निकालिएको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।
जिल्लामा रथयात्रालाई सभ्यभव्य रुपमा सम्पन्न गर्नका लागि ६२३ जना सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । त्यसैगरी सदापोसाकका र मोवाईल टोली सहित ड्रोन क्यामराबाट समेत निगरानी गरिएको थियो ।इनरुवामा राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा महेन्द्रचौक, सुपरमार्केट बस चौक हुदै पुनः मन्दिरमा गएर समापन भएको मन्दिर समितिका सचिव सुनोज निरौलाले जानकारी दिनुभयो ।
रथयात्रामा कोसी प्रदेशका सांसद इसराईल मंसुरी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता सहितका हजारौ भक्ताजनको सहभागीता रहेको थियो । त्यसैगरीको जिल्लाको बिभिन्न ठाउँबाट निकालिएको रथयात्रा शान्तिपूर्ण रुपमा हजारौको सहभागीतामा सम्पन्न भएको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *