Saturday, October 18
Shadow

सुनसरी दुर्घटना अपडेट ः मृतकको संख्या ५ पुग्यो

इनरुवा(सुनसरी), २६ साउन । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोल स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शंकर मण्डल, तिरहुत गाउँपालिकाका ६० वर्षीय अनारवतीदेवी यादव, सप्तरी गोईठीका ६८ वर्षीय जिवछ महत्मान, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले बताउनुभयो ।
काँकडभिट्टाबाट खोटाङ दिक्तेल तर्फ जादै गरेको मे१ख १७९९ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माईक्रो(विङगर) एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
शंकर, लक्ष्मण र अशोकको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीको जिल्ला अस्पताल इनरुवामा र जिवछको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
दुर्घटनामा २८ जना घाईते भएका थिए । घाइते मध्ये ५ जनाको मृत्यु भएको, २३ जनाको उपचार भइरहेको र ३ जनाको अवस्था समान्य रहेकाले घर गईसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । २० जना घाईतेको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बसका चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारी र बस जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । बर्षा भइरहेको र सवारी तिब्र गतिमा रहेकाका कारणले दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *