इनरुवा(सुनसरी), २० साउन । पूर्वी तराई तथा पहाडि जिल्लामा बर्षा भएसंगै सप्तकोसी नदीमा पानीको बहाव बढ्नेघटने क्रम जारी रहेको छ ।
कोसी ब्यारेज भएर बग्ने पानीको बहाव अहिले कुनै वेला बढ्ने कुनै बेला घट्ने क्रममा रहेको छ । मङगलबार बिहान ११ ः ०० बजे गरिएको मापन अनुसार कोसी व्यारेज भएर १ लाख ७३ हजार ३७५ क्युसेक प्रतिसकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
अहिले ५२ वटा मुल र ४ वटा नहरको गरेर ५६ वटा ढोकामध्ये २२ वटा खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो । सप्तकोसी नदीमा पानीको बहाव घट्बढ हुने क्रम जारी रहेको भएपनि अहिले सम्म सुनसरीमा कुनै खतरा नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
पूर्वी पहाडि तथा तराईका जिल्लामा बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव घटबढ हुनु स्वभावीक भएपनि अहिले सम्ममा कोसी नदीले कुनै पनि ठाउँमा क्षति पूर्याएको बिषयमा जानकारी नआएकाले अवस्था समान्य भएको उहाँले बताउनुभयो ।
सुनसरीको बराहक्षेत्र स्थित चतरामा सप्तकोसी नदीको पानीको वार्निङ्ग लेवभेल ६ भएपनि १२ ः ०० बजेको मपन अनुसार ३.७८ रहेको उहाँले बताउनुभयो । चतरामा पानीको वार्निङग लेवभेल ६ र डेन्जर लेवभेल ७ रहेको छ । अहिले चतरामा पानीको लेवभेल ३.७६ रहेको भएपनि कुनै किसिमको यहि अवस्थामा खतरा नरहेको प्रजिअ मिश्रले बताउनुभयो ।
कोसी व्यारेजमा पानीको बहाव बढेपनि त्यो बगेर जाने भएकाले हाम्रो तिर खासै त्यसको प्रभाव नपर्ने उहाँले बताउनुभयो । चतरामा पानीको लेवल समान्य रहेको उहाँले बताउनुभयो । बर्षाको समयमा सप्तकोसी नदीमा पानीको घटबढ हुने क्रम जारी रहेकाले आसपासका बासिन्दाले सर्तक रहनका लागि आग्रह समेत गर्नुभयो ।–––