Saturday, October 18
Shadow

सप्तकोसी नदीको रौद्ररुपमा खुसी खोज्दै छेउका बासीन्दा

अजितकुमार झा
इनरुवा(सुनसरी) २२ साउन । बर्षायाम र बाढीको बेलामा प्रत्येक बर्ष सप्तकोसी नदीले रौद्ररुप धारण गर्ने गरेको छ । पूर्वी पहाडि तथा तराईका जिल्लामा बर्षा भएका बेला आउने बाढीले प्रत्येक बर्ष सप्तकोसी नदीको रौद्ररुप हेर्न पाइन्छ । सप्तकोसी नदीले रौद्ररुप धारण गरेका बेला सुनसरी र सप्तरीको सीमालाई जोडने कोसी ब्यारेजमा पानीको बहाव बृद्धि हुनका साथै बिभिन्न ठाउँमा डुवान कटान समेत गर्दै आएका छन् ।
जसका कारणले आसपासका बासीन्दाले लाखौको क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ । देशकै सबैभन्दा ठूलो नदी रहेको सप्तकोसीमा पानीको बहाव बढ्दा जिल्ला, प्रदेश र संघीय सरकारको चासोको बिषय समेत बन्ने गरेको छ भने भारत सरकार र भारतको बिहार राज्य सरकारको समेत चासोको बिषय हुने गरेको छ । साथै सप्तकोसी नदीको पानीको बहावले नेपाल र भारतका सञ्चारमाध्यममा समेत ठाउँ पाउने गरेको छ ।
नेपाली तथा भारतका नागरिकमा सप्तकोसी नदीमा पानीको बहाव बढ्ेका बेलामा चर्चासँगै त्रास समेत उत्पन्न भईरहेको हुन्छ ।तर सुनसरी कोसी गाउँपालिका–८ कोसी ब्यारेजका मोहमद रजाकलाई सप्तकोसी नदीमा पानीको बहाव बढेका बेला खुसीका क्षण हुने गरेको छ । सप्तकोसी नदीमा बाढीको पानीमा बगेर आउने काठ दाउरा सङ्कलन गर्ने उहाँसंगै सुनसरी र सप्तरी तर्फ ब्यारेजको छेउछेउमा बसोबास गर्दै आएकाका लागि अवसर हुने गरेको छ । रजकले कोसीबाट दाउरा निकालेर वर्षभरीलाई पुग्ने खर्च जुटाई राख्नुभएको छ । नदीबाट दाउरा निकालेर कोसी ब्यारेजको पुलमा राख्ने गरेको र घर जाने बेलामा सवारी साधनको प्रयोग गरेर लाने गरेको उहाँले बताउनुभयो । ज्यानको बाजी राखेर भालाको सहाराले भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । बाढीको समयमा प्रति व्यक्तिले दाउरा सङकलन गरेर ५० हजार देखि एक लाख रुपैयाँ सम्म आम्दनी गर्दै आएको सप्तकोसी नदीमा दाउँरा सङलन गर्दै आएका नितिन रामले बताउनुभयो । बिहानदेखि राती सम्ममा स्थानीय स्तरमा रहेको सुरक्षाकर्मीलाई समेत छलेर बाढीले बगाएर ल्याएको काठ दाउरा निकालेर वर्षभरी पुग्ने घरखर्चको जोहो गर्नुका साथै आफूलाई प्रयोग गर्नका लागि दाउराको रुपमा समेत प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । सप्तकोसी ब्यारेजमा बाढी आएका बेलमा कोसी ब्यारेजमा दैनिक एक देखि दुई टयाक्टर सम्म दाउरा सङकलन गर्ने गरेको रजाकले बताउनुभयो । उहाँ त्यस ठाउका लागि उदाहरणका पात्र मात्र हुुनुहुन्छ ।कोसी ब्यारेजमा सुनसरी र सप्तरीको भागमा दैनिक रुपमा १ देखि २५ जना सम्म भालाको मदतले दाउराँ सङकलन गर्ने गरेको स्थानीयले बताएका छन् । बाढीका बेलामा दाउरा सङकन गर्नका लागि रोक्दा समेत अटेर गर्ने गरेको छ ।
कोसी ब्यारेज र सप्तकोसी नदी छेउमा बसोबास रहेका बालबालिकादेखी जेष्ठनागरिक सम्मले अरु समयमा मजदुरी गर्ने भएपनि वर्षा र बाढीको समयमा घर खर्च जुटाउन रातदिन नभनी दाउरा संकलन गर्ने गरेका छन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका सहित सुनसरीका बराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकाका कोसी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका सप्तकोसी नदीबाट दाउरा सङकलन गरेर आम्दानी गरिरहेका छन् । नदीको भेलले बगाएर ल्याएको दाउरा सङ्कलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला भिड लाग्ने गरेको स्थानीयले बताएका छन् । सप्तकोसी नदीमा राम्रोसँग पौडिन सक्ने व्यक्ति डुङ्गाको सहारामा नदीको बीचसम्म पुगेर दाउरा सङ्कलन गर्ने गरेका छन् ।महिला र पौडिन नआउने व्यक्तिले छेउमा बसेर दाउरा सङ्कलन गर्ने गरेका छन् । सप्तकोसी नदीबाट निकालिएको दाउरा र काठ प्रति ट्याक्टर १० हजारदेखि २५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बिताई माझिले बताउनुभयो । पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिङ्गै रुख र हाँगाबिँगा सङ्कलन गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *