Saturday, October 18
Shadow

सुनसरीका प्रजिअद्धरा कोसी ब्यारेजको निरीक्षण

इनरुवा(सुनसरी), २१ साउन । पूर्वी पहाडि तथा तराईका जिल्लामा भइरहेको बर्षाले सप्तकोसी नदीमा पानीको बहावको घटबढ भईरहेका बेला सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहितका सुरक्षा अधिकारीको टोलीले कोसी ब्यरेजको निरीक्षण गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी मिश्र सहित जिल्लाका सुरक्षा अधिकारीले कोसी ब्यारेको निरीक्षण गर्नुका साथै सप्तकोसी नदीमा रहेको पानीको बहावको बिषयमा जानकारी लिनुभएको थियो ।
कोसी गाउँपालिका–८ मा कोसी ब्यारेजमा रहेको कन्ट्रोल रुममा बराहक्षेत्र स्थित चतरामा सप्तकोसी नदीमा रहेको पानीको बहाव र कोसी ब्यारेजमा सप्तकोसी नदीमा रहेको पानीको बहावको बिषयमा जानकारी लिनुभयो । सप्तकोसी नदीमा पानीको बहाव घट्बढ हुने क्रम जारी रहेको भएपनि अहिले सम्म सुनसरीमा कुनै खतरा नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । पूर्वी पहाडि तथा तराईका जिल्लामा बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव घटबढ हुनु स्वभावीक भएपनि अहिले सम्ममा कोसी नदीले कुनै पनि ठाउँमा क्षति नपूर्याएको बताउनुभयो ।
कोसी व्यारेजमा पानीको बहाव बढेपनि त्यो बगेर जाने भएकाले हाम्रो तिर खासै त्यसको प्रभाव नपर्ने उहाँले बताउनुभयो । चतरामा पानीको लेवल समान्य रहेको उहाँले बताउनुभयो । बर्षाको समयमा सप्तकोसी नदीमा पानीको घटबढ हुने क्रम जारी रहेकाले आसपासका बासिन्दाले सर्तक रहनका लागि आग्रह समेत गर्नुभयो ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी ४ नम्वर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख बिमल घिमिरे लगायतको सहभागीता रहेको थियो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *