इनरुवा(सुनसरी), ११ असोज । शिक्षकलाई समाजमा गुरुको मान्यता दिने गरेको छ भने शिक्षकलै नै बालबालिकालाई सहि बाटो डोरयाउछ भने बिश्वास रहेको छ । तर कहिले काही एक÷दुई शिक्षकका कारणले शिक्षा पेशालाई समेत बदनाम गर्ने गरेका छन् ।
त्यस्तै एउटा घट्ना घटेको छ सुनसरी सदरमुकाम इनरुवामा । इनरुवा–३ स्थित स्मल हेभेन ऐकेडमि बिद्यालय कक्षाका १२ कोडिनेटर तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व छात्रा बिद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अङग देखाएको रहस्य सार्वजनीक भएको छ ।
शिक्षक मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अङग देखाउनुएको कुरा बाहिरिएको छ । शिक्षकले बिद्यार्थीलाई गोप्य अंग देखाएपछि जेनजी युवाको सहयोगमा बिद्यालयमा पुगेका थिए । बिद्यालयमा पुगेर यस बिषयमा बुझदा घटना यर्थात भएको पुष्टि भएपछि जेनजी युवाहरुको समुहले बिहिबार कुटपिट गर्दै आबश्यक कारवाहिका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुर्याएका थिए । घटनाको बिषयमा जानकारी प्राप्त भएको र उजुरी नआएका कारणले कारवाही प्रयाक्रिया अगाडि बढाउन समस्या भएको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिनुभयो ।
शिक्षक मिश्रले छात्रालाई मोबाइल मार्फत अश्लील सामग्री तथा संदेश पठाउँदै रुममा बोलाएर भिडियो कलमा अचानक आफ्नो गोप्य अङग देखाएका थिए । शिक्षकबाटै यस्तो भिडियो आएपछि छात्राले नम्वर ब्लक गरेको भएपनि अर्को नम्बरबाट सम्पर्क गरेर डराएर साम्य बनाउने प्रयास गरेको अरोप समेत बाहिरिएको छ ।
यता बिद्यालयले शनिबार एक बिज्ञाप्ती जारी गर्दै बिद्यालय अध्यन छाडिसकेकी एक पूर्व विधार्थीसँग शिक्षक मिश्रको डिजिटल माध्यमबाट सामाजिक सञ्जालमा हुने संवादले बिद्यालय तथा बिद्यालय परिवारलाई गम्भीर बनाएको उल्लेख गर्नुहुदै शिक्षकलाई बिद्यालयबाट तुरुन्तै निष्काशन गरेको बिद्यालयका प्रिन्सिपल आशिष थापाले बताउनुभयो ।
बिद्यालयका शिक्षक भएका कारणले बिद्यालयमा बिद्यार्थी अध्यनरत नभएपनि पूर्व बिद्यार्थी भएकाले अभिभावकको माग बमोजिम राज्ययबाट हुने कानुनी कारवाहीमा सहयोग गर्न जिम्मेवार भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । यता निजि तथा अवासीय अर्गनाइजेशन नेपाल इनरुवा सुनसरीका अध्यक्ष रमेश गुरागाईले शनिबार एक बिज्ञप्ती जारी गर्दै घटनाको बिषयमा अनुशन्धान गरेर दोषिलाई कारवाही गर्न बिद्यार्थी बालबालिकालाई सचेत रहनका लागि समेत आग्रह उहाँले गर्नुभयो ।–––