Thursday, October 16
Shadow

बिपतमा गाजाँ तस्करी, ५ सय ३७ केजी गाँजा सहित एक जना पक्राउ

इनरुवा(सुनसरी), २० असोज । देश बिपतमा रहेका बेलामा सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरको केराबारीबाट ५ सय ३७ केजी गाँजा सहित पक्राउ परेका एक जनालाई सोमबार सार्वजनीक गरेको छ ।
पक्राउ पर्नेमा दिनेश यादब रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । भारतीय सीमा नजिक रहेको केराबारी एरियामा गाजाँ राखिएको छ भनी गोप्य सूचनाको अधारमा गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गएराति ५ सय ३७ केजी जाँजा बरामद गरिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो ।
गाजाँसंगै यादबलाई समेत नियनत्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ परेका यादबको बिषयमा अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *