Thursday, October 16
Shadow

बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

अजितकुमार झा
इनरुवा(सुनसरी), २० असोज । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साह मियाँले बर्षिक रुपमा केरा खेती गर्दै आउनुभएको छ ।
साहले ८ बर्ष देखि निरन्तर रुपमा ब्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । लिजमा ७ बिघा जग्गा लिई ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएर मियाँ केरा खेती गर्नुभएको थियो । शनिबार र आइतबार बर्षा, हावाहुण्डी सगै आएको बाढीका कारणले ३ बिघा १ कठ्ठा केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो ।
बर्षासंगैको बाढीका कारणले ३ बिघा १० कठ्ठामा बिउँ, मजदुर, खाद्यमल, जोतकोड पानी गरेर करिव १३ लाख रुपैयाँ भन्दा बढी केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बार्षिक रुपमा केरा खेती गर्दै आएकोमा बार्षिक रुपमा आउने बर्षासंगैको बाढीका कारणले केरा खेतीमा १० लाख रुपैयाँ देखि २५ लाख रुपैयाँ सम्मको क्षति हुने गरेको केरा खेती गर्दै आउनुभएका किसान एयुब साह मियाँले बताउनुभयो ।
३ बिघा १० कठ्ठामा २० देखि २५ लाख रुपैयाँ आम्दनी हुने लक्ष्य राखिएकोमा केरा खेतीमा क्षति भएपछि लगानी समेत डुबेको उहाँको भनाई रहेको छ । ३ बिघा १० कठ्ठा केरा खेतीमा पूर्ण रुपले क्षति भएको उहाँको भनाई रहेको छ । केरा खेतीमा क्षति भएपछि किसान निरास भएका छन् । ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएर मियाँ केरा खेती गर्नुभएको थियो ।
त्यसैगरी स्थानीय बिरेन्द्र ठाकुरले ७ कठ्ठामा १ लाख लगानी गरेर लगाएको केरा खेतीमा पनि अबिरल बर्षा र हावा पानीले क्षति पुगेको स्थानीय किसानले बताउनुभयो । जिल्लामा व्यवसायीक रूपमा केरा सहितका अन्य बाली लगाउदै आएका किसान प्राकृतिक विपदका बेलामा ठूलो क्षतिको समाना गर्नुपर्ने बाध्यता रहेको छ । तर सम्बन्धीत निकायले प्राकृतिक विपदका बेलामा ठूलो क्षतिको समाना गर्नुपर्ने बाध्यता रहेपनि सम्बन्धीत निकायले कुनै ध्यान नदिएको स्थानीय किसानको गुनासो रहेका छन् ।
जिल्लामा बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको बिबरण सङकलन गर्ने कार्य सुरु गर्ने तयारी गरेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *