अजितकुमार झा
इनरुवा(सुनसरी), २२ असोज । सुनसरी रामधुनी नगरपालिका–५ मा रहेको झुम्का कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका माध्यै सात सय जना कैदी आफै कारागार बाहिर रहेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राति फरार भएका माध्यै ७ सय ४ जना कैदी अहिले सम्म कारागार बाहिर रहेको झुम्का कारागारका प्रमुख सुवाष लामिछानेले जानकारी दिनुभयो ।
अहिले सम्ममा फरार भएका मध्यै जिल्ला प्रशासन कार्यालय सुनसरी र कारागारले जारी गरेको सूचना भित्रमा १ हजार ९२ कैदी बन्दी पुनः कारागार फर्किएका छन् भने ७ सय ४ जना कैदी बन्दी फरार रहेको उहाँले बताउनुभयो । फरार रहेका मध्यै ५० जना भारतीय नागरिक रहेका छन् ।
कुल ६१ भारतीय रहेकामा ११ जना फर्किएका छन् भने ५० जना अफै फरार रहेको कार्यालयका प्रमुख लामिछानेले बताउनुभयो । कारागारमा भदौ २४ गते १ हजार ७९६ जना कैदीबन्दी रहेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन राति कारागारबाट सबै कैदीबन्दी बाहिरिएका थिए ।
कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई असोज २० गते भित्र कारागार फर्किन र सो समय भित्र नफर्किए कानुन बमोजिमको कारबाही हुने चेतावनी समेत दिएको थियो । तर, अझै सम्म झुम्का कारागारका ७ सय ४ कैदी बन्दी फर्किका छैन् ।
सुनसरी प्रशासन र कारागारले जारी गरेको सूचनाको समय सकिएकाले प्रचलिन ऐन कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बडाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो ।
तोकिएको समयमा नफर्किने कैदीबन्दीलाई कारागार ऐन अनुसार पक्राउ गरेर कारवाही गर्ने उहाँले बताउनुभयो । आन्दोलनका क्रममा भागेका मध्यै उदयपुर त्रियुगा नगरपालिका–८ शाही खोला राजाबासका ३५ वर्षीय गम्भीर बहादुर दनुवार मृत फेला परेका थिए ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका दनुवारलाई सुनसरी जिल्ला अदालतले १३ चैत २०७७ मा कर्तव्य ज्यान मुद्दामा जन्म कैदको फैसला सुनाइएका थिए ।–––