इटहरी : छैटौं अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा इटहरी ४ का अस्टिन उप्रेतीले गोल्ड मेडल प्राप्त गरेका छन् ।
बंगलादेशको राजधानी ढाकामा अक्टोबर ९ देखि ११ तारिखसम्म भएको खेलमा उप्रेतीले गोल्ड मेडल प्राप्त गरेका हुन् ।
उप्रेतीसहित रेइन थापा, सन्दीप चौधरी, विन्दा तामाङ, खुशी श्रेष्ठ, शिल्पा श्रेष्ठ, श्याम चौधरीले गोल्ड मेडल प्राप्त गरेका छन् ।
बंगलादेश कराँते अर्गनाईजेसनको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश र जापानका खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए ।
उक्त च्याम्पियनसीपमा प्रशिक्षक सागर राउत तथा खेलाडीहरूमा ४० केजी तौल समूहबाट अष्टिन उप्रेती र शिल्पा श्रेष्ठ, ४५ केजी तौल समूहबाट राहुल हरिजन, रेइन थापा र विन्दा तामाङ प्रस्थान गरेका थिए ।