इनरुवा(सुनसरी), २५ असोज । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार रकताम्बे अवस्थामा एक जनाको शव फेला परेको छ ।
स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको शब रकताम्बे अवस्थामा फेला परको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिनुभयो । मृत्त भेटिएका चौधरीको छाति नजिक के कुन कारणले चोट लागेको बल्ड निस्कीएको उहाँले बताउनुभयो ।
घटनाको प्रकृति हेर्दा शङकास्पद रहेकाले यस बिषयमा अनुशन्धान सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । चौधरी सिटी सफारी चालक रहेको र सिटिसफारीको नजिकै रकताम्बे अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो ।
चौधरीको गोली हानेर हत्या गरेको स्थानीयवासीले बताएका छन् । मोटरसाइकलमा सवार तीनजनाको समूहले गोली हानेर फरार भएको स्थानीयवासीले बताएका छन् । घटनाको बिषयमा अनुशन्धान भइरहेको र यसमा सलग्नको खोजी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक थेबेले बताउनुभयो ।–––