Friday, October 17
Shadow

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अजितकुमार झा
इनरुवा(सुनसरी), १९ असोज । पूर्वी पहाडि तथा तराईका जिल्लामा शनिबार बिहानै देखि बर्षा जारी रहेकाले सप्तकोसी नदिमा आइतबार बिहानै देखि पानीको बहाव उच्च भएको छ ।
११ ः ०० बजे बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ५ लाख १० हजार ९६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुसभयो ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको ५२ वटा र नहरको ४ वटा गरेर ५६ वटा ढोका मध्यै ५६ वटै खुल्ला गरिएको उहाँले बताउनुभयो । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बालिएको छ भने रातो भण्डा समेत फहराइएको छ । त्यसैगरी कोसी ब्यरेज भएरे अवागमन हुने सवारी साधानमा समेत रोक लगाइएको छ ।
आइतबार बिहानै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मी र भारत बिहार सरकार जलसंसाधन बिभागका टोली समेतले कोसी ब्यारेजको निरीक्षण गर्नुभएको छ ।
जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यकता परे सुरक्षित स्थानमा सर्न, असामान्य गतिविधि देखिए तुरुन्तै प्रहरी वा प्रशासनलाई जानकारी दिन अपिल गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।
सप्तकोसी नदीको पानीको बहाव अहिले निरन्तर बढ्ने क्रम जारी रहेकाले सर्तक रहनका लागि आग्रह गएिको सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले बताउनुभयो । चतरा, चक्रघट्टी, प्रकाशपुर, मधुवन, भण्टाबारी लगायतका क्षेत्रमा रातिको समयमा जोखिम रहेकाले विशेष सावधानी अपनाउनका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीले समेत जिल्लाका सम्भाबित जोखिम क्षेत्रका पहिचान गरेर सतर्क रहनका लागि माइकिङ्ग गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो ।
डुङ्गा, एम्बुलेन्स, राहत सामग्री र सुरक्षाकर्मीलाई आपतकालीन उपयोगका सामग्री तयारी अवस्थामा राखेको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *