Thursday, October 16
Shadow

अन्तराष्ट्रिय

बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

अन्तराष्ट्रिय, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
इनरुवा(सुनसरी), २० असोज । शनिबार बिहानै देखि तराई तथा पूर्वी पहाडि जिल्लामा भएको बर्षासंगै सप्तकोसी नदी रौद्र रुपधारण गर्दा सुनसरी, सप्तरीसंगै भारत बिहार राज्यका केही जिल्ला अशान्त रहेको थियो । बर्षाका कारणले सप्तकोसी नदीमा गएराति ५ लाख ३३ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो भने ५६ वटै ढोका खोलिएको थियो । सवारी अवागमनमा समेत रोक लगाएको थियो । सोमबार बिहानैबाट बर्षा रोकिएसंगै सप्तकोसी नदीमा समेत क्रमसः पानीको बहाव घट्दो क्रममा रहेको छ । सोमबार बिहान ६ ः बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर सप्तकोसी नदीबाट बग्ने पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रति सेकेण्ड रहेको थियो । सोमबार दिउँसो ११ बजेको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने सप्तकोसी नदीको पानीको बहाव ३ लाख १८ हजार १५० क्युसेक प्रतिसकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो । राति देखि नै पा...