Friday, October 17
Shadow

अर्थ/कृषी

बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

अर्थ/कृषी, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साह मियाँले बर्षिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । साहले ८ बर्ष देखि निरन्तर रुपमा ब्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । लिजमा ७ बिघा जग्गा लिई ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएर मियाँ केरा खेती गर्नुभएको थियो । शनिबार र आइतबार बर्षा, हावाहुण्डी सगै आएको बाढीका कारणले ३ बिघा १ कठ्ठा केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बर्षासंगैको बाढीका कारणले ३ बिघा १० कठ्ठामा बिउँ, मजदुर, खाद्यमल, जोतकोड पानी गरेर करिव १३ लाख रुपैयाँ भन्दा बढी केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बार्षिक रुपमा केरा खेती गर्दै आएकोमा बार्षिक रुपमा आउने बर्षासंगैको बाढीका कारणले केरा खेतीमा १० लाख रुपैयाँ देखि २५ लाख रुपैयाँ सम्मको क्षति हुने गरेको केरा खेती गर्दै आउनुभएका किसान एयुब साह मियाँले बताउनुभयो । ३ बिघा १० कठ्...
ओल खेतीबाट ३ लाख सम्म आम्दनी

ओल खेतीबाट ३ लाख सम्म आम्दनी

अर्थ/कृषी, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर
अजितकुमार झा इनरुवा(सुनसरी), १८ असार । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–८ का राजकुमार साहले ४ कठ्ठामा ओल खेती गर्नुभएको छ । लौकही देखि बिराटनगर जाने हुलाकी सडककै छेउमा रहेको आफनै ४ कठ्ठा जग्गामा ओल खेती गर्नुभएको छ । उहाँले ४ कठ्ठ खेतमा ओल खेती गर्दा खेत तयारी गर्दा खेती तयारी गर्दा देखि खाद्यमल, बिउँ, जनमजदुर औषधीमा १ लाख रुपैयाँको लागतमा ओल खेती गर्नुभयो । साहले आफ्नै जग्गामा ब्यवसायीक रुपमा ओल खेती गर्नुभएको छ । खेतीमा लगानी गर्दा अनुहार चिन्तित रहेकामा अहिले ओल खेतमा राम्रो भएपछि हासो छाएको छ । उहाँले ओल खेतीबाट ३ लाख रुपैयाँ सम्म आम्दनी गर्ने लक्ष्य राख्नुभएको छ । यस बर्ष खेतमा राम्रो ओल उत्पादन हुने भएपछि त्यसबाट एक सिजन अर्थात ३ महिनामा ३ लाख रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म आम्दनी गर्ने लक्ष्य रहेको साहको भनाई रहेको छ । आफ्नै जग्गामा पसीना बगाएर उत्पादन गरिएका सामग्री ...

निउरो बिक्रि गरेर मासिक १५ हजार

अर्थ/कृषी
अजितकुमार झा इनरुवा(सुनसरी), २६ साउन । सुनसरी कोसी गाउँपालिका–७ का १८ बर्षीय रामकुमार सदाको घर कोसी टप्पु वन्य जन्तु आरक्ष नजिकै छ । सदा बिहानै उठन साथ नास्ता गरेर आरक्षको जङगल गएर दैनिक १० देखि १५ मुठ्ठा सम्म निउरो टिपेर ल्याउनुहुन्छ । निउरो ल्याइसकेपछि सदाको दैनिकी पूर्व पश्चिम लोकमार्गको किनारमा बित्ने गरेको छ । लोकमार्ग भएर आवतजावत गर्नेलाई इच्छुक व्यक्तिलाई निउरो बेच्ने दैनिकी रहेको छ । दैनिक रुपमा सडक छेउमा १० देखि १५ मुठ्ठा निउरो बिक्रि गर्ने गरेको सदाले बताउनुभयो । ५० रुपैयाँ प्रति मुठ्ठा निउरो बिक्रि हुदै आएको उहाँले बताउनुभयो । निउरो बिक्रि गरेर घर खर्च र पकेट खर्च समेत निकाल्दै आएको उहाँले बताउनुभयो । आर्थिक कमजोरीका कारणले बिद्यालय जाने उमेर निउरोको ब्यपार गर्नुपरेको उहाँले बताउनुभयो । बाहिर काम गर्नका लागि जादा समयमा पैसा नपाउने र काम समेत समयमा नपाउन भएकाले नजिकै रहेको...

चौठचन्द्र पर्व लक्षित माटोको भाडा बनाउन ब्यस्त

अर्थ/कृषी, मुख्य खबर
अजितकुमार झा इनरुवा(सुनसरी), ९ भदौ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न ठाउँमा बसोबास गर्दै कुम्भकार (कुमाले) समुदायका मानिस अहिले चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन र बिक्रि गर्न व्यस्त छन् । सुनसरी सदरमुकाम इनरुवा सहित कोसी, हरिनगर, देवानगन्ज, बर्जु, दुहबी, भोक्राहा लगायतका स्थानमा बसोबास गर्दै आएका कुम्भकार (कुमाले) समुदायका मानिस चौठचन्द्र पर्व लक्षित माटोका भाँडा बनाउन र बिक्रि गर्न व्यस्त भएको हुन् । पर्वका दिन माटोका भाँडामा खिर, दही, फलफूल सहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि माटाको भाँडा बनाउन र बिक्रि गर्न भ्याईनभ्याई भएको स्थानीय ध्रुवनारायण पण्डितले जानकारी दिनुभयो । मिथला क्षेत्रमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ । एक साता अघिदेखि इनरुवा २ बिहिबारे हाटमा बसोबास गर्दै आएका कुम्भकार समु...