Friday, October 17
Shadow

समाचार

रकताम्बे अवस्थामा एक जनाको शव फेला

रकताम्बे अवस्थामा एक जनाको शव फेला

मुख्य खबर, समाचार, स्थानिय खबर
इनरुवा(सुनसरी), २५ असोज । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार रकताम्बे अवस्थामा एक जनाको शव फेला परेको छ । स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको शब रकताम्बे अवस्थामा फेला परको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिनुभयो । मृत्त भेटिएका चौधरीको छाति नजिक के कुन कारणले चोट लागेको बल्ड निस्कीएको उहाँले बताउनुभयो । घटनाको प्रकृति हेर्दा शङकास्पद रहेकाले यस बिषयमा अनुशन्धान सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । चौधरी सिटी सफारी चालक रहेको र सिटिसफारीको नजिकै रकताम्बे अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । चौधरीको गोली हानेर हत्या गरेको स्थानीयवासीले बताएका छन् । मोटरसाइकलमा सवार तीनजनाको समूहले गोली हानेर फरार भएको स्थानीयवासीले बताएका छन् । घटनाको बिषयमा अनुशन्धान भइरहेको र यसमा सलग्नको खोजी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक थेबेले बताउनुभयो ।–...
झुम्का कारागारका ७ सय जना कैदी कारागार बाहिर

झुम्का कारागारका ७ सय जना कैदी कारागार बाहिर

मुख्य खबर, समाचार, स्थानिय खबर
अजितकुमार झा इनरुवा(सुनसरी), २२ असोज । सुनसरी रामधुनी नगरपालिका–५ मा रहेको झुम्का कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका माध्यै सात सय जना कैदी आफै कारागार बाहिर रहेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राति फरार भएका माध्यै ७ सय ४ जना कैदी अहिले सम्म कारागार बाहिर रहेको झुम्का कारागारका प्रमुख सुवाष लामिछानेले जानकारी दिनुभयो । अहिले सम्ममा फरार भएका मध्यै जिल्ला प्रशासन कार्यालय सुनसरी र कारागारले जारी गरेको सूचना भित्रमा १ हजार ९२ कैदी बन्दी पुनः कारागार फर्किएका छन् भने ७ सय ४ जना कैदी बन्दी फरार रहेको उहाँले बताउनुभयो । फरार रहेका मध्यै ५० जना भारतीय नागरिक रहेका छन् । कुल ६१ भारतीय रहेकामा ११ जना फर्किएका छन् भने ५० जना अफै फरार रहेको कार्यालयका प्रमुख लामिछानेले बताउनुभयो । कारागारमा भदौ २४ गते १ हजार ७९६ जना कैदीबन्दी रहेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन राति कारागा...
सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २१ असोज । शनिबार र आइतबार बर्षासंगै आएको बाढीबाट पीडित भएका सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायले पहिलो चरणको राहत वितरण गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा सहित भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज, बराहक्षेत्र लागतका स्थानीयतहमा बाढीबाट पिडित भएकालाई पहिलो चरणको राहत सामग्री बितरण गरेका छन् । बाढीबाट पीडित भएकालाई पहिलो चरणमा भुजा, च्युरा, दाल, नुन, चाउचाउ लगायतका सामग्री वितरण गरिएका छन् । हरिनगर गाउँपालिकामा स्थानीय युवाको सहयोगमा राहत वितरण गरिएको छ भने इनरुवामा सन्तावन युवा क्लब, जेसिज इनरुवाको सहयोगमा राहत वितरण गरिएको जेसीज इनरुवाका अध्यक्ष सत्ययादबले जानकारी दिनुभयो । इनरुवा–४ मरिकटोल र अन्य ठाउका गरि ४० जनालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको जेसिज इनरुवाका अध्यक्ष यादवले बताउनुभयो । त्यसैगरी सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अ...
बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

इनरुवा नगरपालिका, कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । शनिबार र आइतबारको बर्षासंगै आएको बाढीका कारणले सुनसरीमा एक हजार भन्दा बढी घर प्रभावित भएका छन् । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगन्जमा गरेर जिल्लामा बाढीका कारणले १ हजार ३ सय ७० घर प्रभावित भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले बताउनुभयो । जिल्लामा रहेका बिभिन्न खोला तथा नदीमा आएको बाढीले ५ हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । प्रभावित भएका घरमा पानी प्रवेस गर्नुका साथै आंशिक रुपमा क्षति समेत भएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवामा दुई सय परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोलाको र पूर्वमा गडन खोलाको बाढीले इ...
बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

अर्थ/कृषी, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साह मियाँले बर्षिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । साहले ८ बर्ष देखि निरन्तर रुपमा ब्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । लिजमा ७ बिघा जग्गा लिई ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएर मियाँ केरा खेती गर्नुभएको थियो । शनिबार र आइतबार बर्षा, हावाहुण्डी सगै आएको बाढीका कारणले ३ बिघा १ कठ्ठा केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बर्षासंगैको बाढीका कारणले ३ बिघा १० कठ्ठामा बिउँ, मजदुर, खाद्यमल, जोतकोड पानी गरेर करिव १३ लाख रुपैयाँ भन्दा बढी केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बार्षिक रुपमा केरा खेती गर्दै आएकोमा बार्षिक रुपमा आउने बर्षासंगैको बाढीका कारणले केरा खेतीमा १० लाख रुपैयाँ देखि २५ लाख रुपैयाँ सम्मको क्षति हुने गरेको केरा खेती गर्दै आउनुभएका किसान एयुब साह मियाँले बताउनुभयो । ३ बिघा १० कठ्...
बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

अन्तराष्ट्रिय, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
इनरुवा(सुनसरी), २० असोज । शनिबार बिहानै देखि तराई तथा पूर्वी पहाडि जिल्लामा भएको बर्षासंगै सप्तकोसी नदी रौद्र रुपधारण गर्दा सुनसरी, सप्तरीसंगै भारत बिहार राज्यका केही जिल्ला अशान्त रहेको थियो । बर्षाका कारणले सप्तकोसी नदीमा गएराति ५ लाख ३३ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो भने ५६ वटै ढोका खोलिएको थियो । सवारी अवागमनमा समेत रोक लगाएको थियो । सोमबार बिहानैबाट बर्षा रोकिएसंगै सप्तकोसी नदीमा समेत क्रमसः पानीको बहाव घट्दो क्रममा रहेको छ । सोमबार बिहान ६ ः बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर सप्तकोसी नदीबाट बग्ने पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रति सेकेण्ड रहेको थियो । सोमबार दिउँसो ११ बजेको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने सप्तकोसी नदीको पानीको बहाव ३ लाख १८ हजार १५० क्युसेक प्रतिसकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो । राति देखि नै पा...
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

कोशी गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
अजितकुमार झा इनरुवा(सुनसरी), १९ असोज । पूर्वी पहाडि तथा तराईका जिल्लामा शनिबार बिहानै देखि बर्षा जारी रहेकाले सप्तकोसी नदिमा आइतबार बिहानै देखि पानीको बहाव उच्च भएको छ । ११ ः ०० बजे बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ५ लाख १० हजार ९६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुसभयो । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको ५२ वटा र नहरको ४ वटा गरेर ५६ वटा ढोका मध्यै ५६ वटै खुल्ला गरिएको उहाँले बताउनुभयो । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बालिएको छ भने रातो भण्डा समेत फहराइएको छ । त्यसैगरी कोसी ब्यरेज भएरे अवागमन हुने सवारी साधानमा समेत रोक लगाइएको छ । आइतबार बिहानै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मी र भारत बिहार सरकार जलसंसाधन बिभागका टोली समेतले कोसी ब्यारे...

सुनसरी प्रहरीमा १ हजार ८ सय मुद्धा दर्ता, १ हजार १ सय फछ्र्यौट

समाचार, स्थानिय खबर
इनरुवा(सुनसरी), ३० असार । जिल्ला प्रहरी कार्यालय सुनसरीमा आर्थिक बर्ष २०८१÷०८२ मा १ हजार ८ सय ८७ वटा मुद्दा दर्ता भएका छन् । साउन देखि जेठ सम्ममा १ हजार ८ सय ८७ वटा मुद्धा दर्ता भएकोमा १ हजार १ सय ३ वटा मुद्दा फछ्र्यौट भएको सुनसरीका प्रहरी उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा दर्ता भएको मुद्धामा ६ सय ६४ वटा मुद्दा फछ्र्यौट हुन बाकी रहेको उहाँले बताउनुभयो । कर्तव्य ज्यान १५ वटा, ज्यान मार्ने उध्योग ४२ वटा, भवीतव्य ९६ वटा, फुटकर ज्यान २५ वटा, आत्महत्या दुरुत्साहन २ वटा, ज्यान सम्बन्धि ९विविध शिर्षक नखुलेको० ८ वटा, मृत अवस्थामा फेला परेको ज्यान १८ वटा, मानव बेचबिखन तथा ओसार पोसार ३ वटा, बहुविवाह ४१ वटा, बालविवाह २ वटा, जवर्जस्ती करणी ७३ वटा, जवर्जस्ती करणी उद्योग ५ वटा, हाडनाता करणी २ वटा, वैवाहिक जजक १ वटा, बालयौन दुराचार १३ वटा, बाल यौन दुरुपयोग तथा जजकको १ वटा, ...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

समाचार, स्थानिय खबर
इनरुवा(सुनसरी), २ साउन । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ता चौकमा दुर्घटनामा भोक्राहा नरसिंह–३ का ३५ बर्षीय सुदिन यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश १–०२–००२ ख ०२४० नम्वरको टिपरले बिपरीत दिशा तर्फ जादै गरेको प्रदेश १–०२–०४३ प १३३८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक यादव गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका यादवको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालक भोक्राहा नरसिंह गाउपालिका–२ का २८ बर्षीय जयप्रकाश मेहता सुनसरी प्रहरीको नियन्त्रण रहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी रामधुनी नगरपालिका–६ स्थित चतरा–कान्छ...

इनरुवा नगरपालिकाको सेवा तत्काल सुचारु नहुने

इनरुवा नगरपालिका, समाचार
इनरुवा(सुनसरी), २९ भदौ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको सेवा तत्काल सुचारु नहुने भएको छ । यहि २३ र २४ गते जेनजी आन्दोलनका क्रममा इनरुवा नगरपालिकामा आगलागी हुदा क्षति भएकाले तत्काल सेवा सुचारु नहुने भएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । आन्दोलनका क्रममा इनरुवा नगरपालिकाको परिषर भित्रमा रहेको सबै शाखा, उप–शाखा, इकाई र क्यान्टीन लगायतमा पूर्ण रुपले क्षति हुनुका साथै केहीमा आंशिक क्षति भएकाले तत्काल सेवा सुचारु नहुने भएको उहाँले जानकारी दिनुभयो । आन्दोलनका क्रममा इनरुवा नगरपालिकाको सरसफाईमा प्रयोग हुने टयाक्टर २ वटा, टिपर १, हलुका सवारी साधन २ थान पूर्ण रुपले जलेर नष्ट भएको छ भने वारुण यन्त्र, रोलर र पानी गाडिमा आंशिक क्षति भएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । त्यसैगरी आन्दोलनका क्रममा बिभिन्न वडा, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत...