Friday, October 17
Shadow

इनरुवा नगरपालिका

बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

इनरुवा नगरपालिका, कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । शनिबार र आइतबारको बर्षासंगै आएको बाढीका कारणले सुनसरीमा एक हजार भन्दा बढी घर प्रभावित भएका छन् । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगन्जमा गरेर जिल्लामा बाढीका कारणले १ हजार ३ सय ७० घर प्रभावित भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले बताउनुभयो । जिल्लामा रहेका बिभिन्न खोला तथा नदीमा आएको बाढीले ५ हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । प्रभावित भएका घरमा पानी प्रवेस गर्नुका साथै आंशिक रुपमा क्षति समेत भएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवामा दुई सय परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोलाको र पूर्वमा गडन खोलाको बाढीले इ...
बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

अन्तराष्ट्रिय, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
इनरुवा(सुनसरी), २० असोज । शनिबार बिहानै देखि तराई तथा पूर्वी पहाडि जिल्लामा भएको बर्षासंगै सप्तकोसी नदी रौद्र रुपधारण गर्दा सुनसरी, सप्तरीसंगै भारत बिहार राज्यका केही जिल्ला अशान्त रहेको थियो । बर्षाका कारणले सप्तकोसी नदीमा गएराति ५ लाख ३३ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो भने ५६ वटै ढोका खोलिएको थियो । सवारी अवागमनमा समेत रोक लगाएको थियो । सोमबार बिहानैबाट बर्षा रोकिएसंगै सप्तकोसी नदीमा समेत क्रमसः पानीको बहाव घट्दो क्रममा रहेको छ । सोमबार बिहान ६ ः बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर सप्तकोसी नदीबाट बग्ने पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रति सेकेण्ड रहेको थियो । सोमबार दिउँसो ११ बजेको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने सप्तकोसी नदीको पानीको बहाव ३ लाख १८ हजार १५० क्युसेक प्रतिसकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो । राति देखि नै पा...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

इनरुवा नगरपालिका
इनरुवा(सुनसरी), १९ असार । सुनसरी सदरमुकाम इनरुवा–४ बस चौकबाट बिहिबार ब्राउन सुगर सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ का २३ वर्षीय शिसिर भट्टराई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । उहाँको साथबाट ८.४ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । मलद्वारमा लुकाई ल्याएको गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले ८.४ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका भट्टराईको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताउनुभयो ।–––...

सुनसरीमा दुर्घटना न्युनिकरण गर्न कारवाही सचेतना अभियान सञ्चालन

इनरुवा नगरपालिका, स्थानिय खबर
इनरुवा(सुनसरी), २७ साउन । सुनसरीमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि कारवाही सचेतना अभियान सञ्चालन भएको छ । सुरक्षा समिति सुनसरीको अगुवामा मङगलबार देखि १५ दिन सम्म सवारी दुर्घटना न्युनिकरणका कारवाहि सचेतना अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवाका युवाले इनरुवा–दुहबी सडकखण्डमा क्षमता भन्दा बढी यात्रु ओसार्ने र अत्यधिक गतिमा सवारी चलाउने माइक्रो (विङ्गर)लाई कम गतिमा सवारी चलाउनका लागि आग्रह गर्दै बढी सवारी भएकालाई सम्झाइबुझाई पठाइएको स्थानीयले बताएका छन् । सुरक्षा सचेतनाका साथै जिल्लामा क्षमता भन्दा बढी यात्रु ओसार्ने र तिब्र गतिमा चलाउने ३८ वटा विङ्गरलाई कारवाही गरेको सुनसरीका प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभो । जिल्लामा दुर्घटना न्युनिकरण्का लागि कारवाही सचेतना अभियानसंगै अगाडि बढ...

इनरुवा नगरपालिकाको सेवा तत्काल सुचारु नहुने

इनरुवा नगरपालिका, समाचार
इनरुवा(सुनसरी), २९ भदौ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको सेवा तत्काल सुचारु नहुने भएको छ । यहि २३ र २४ गते जेनजी आन्दोलनका क्रममा इनरुवा नगरपालिकामा आगलागी हुदा क्षति भएकाले तत्काल सेवा सुचारु नहुने भएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । आन्दोलनका क्रममा इनरुवा नगरपालिकाको परिषर भित्रमा रहेको सबै शाखा, उप–शाखा, इकाई र क्यान्टीन लगायतमा पूर्ण रुपले क्षति हुनुका साथै केहीमा आंशिक क्षति भएकाले तत्काल सेवा सुचारु नहुने भएको उहाँले जानकारी दिनुभयो । आन्दोलनका क्रममा इनरुवा नगरपालिकाको सरसफाईमा प्रयोग हुने टयाक्टर २ वटा, टिपर १, हलुका सवारी साधन २ थान पूर्ण रुपले जलेर नष्ट भएको छ भने वारुण यन्त्र, रोलर र पानी गाडिमा आंशिक क्षति भएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । त्यसैगरी आन्दोलनका क्रममा बिभिन्न वडा, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत...
बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ

इनरुवा नगरपालिका, मुख्य खबर
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। दशैं पर्व २०८२ का अवसरमा आयोजना गरिएको यस अभियानले धार्मिक स्थलको सफाइ र फोहोर व्यवस्थापनमा ठूलो महत्व दिएको छ। बविया फुटबल क्लवका कप्तान अशोक मेहताको नेतृत्वमा भएको यस सरसफाइ कार्यक्रममा स्थानीय खेलाडीहरू राम यादव, सन्तोष अधिकारी, सिया साह, प्रमोद मेहता, दिगम्बर यादव, उत्तम मण्डल, नागेश्वर साह र उपिया उराव लगायतका खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो। मन्दिर परिसरमा बढ्दो भक्तजनको भीडले उत्पन्न गर्ने फोहर व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्दै यस प्रकारको सरसफाइ कार्यक्रम आयोजना गरिएको मेहताले बताए। उनले भने, “धेरै भक्तजनहरूले मन्दिरको दर्शन गर्न आउँछन्, त्यसैले हामीलाई यहाँको वातावरण सफा र आकर्षक बनाउनुपर्छ।” सरसफाइ कार्यक्रममा संलग्न स्थानीय खेलाड...