Thursday, October 16
Shadow

कोशी गाउँपालिका

सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २१ असोज । शनिबार र आइतबार बर्षासंगै आएको बाढीबाट पीडित भएका सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायले पहिलो चरणको राहत वितरण गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा सहित भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज, बराहक्षेत्र लागतका स्थानीयतहमा बाढीबाट पिडित भएकालाई पहिलो चरणको राहत सामग्री बितरण गरेका छन् । बाढीबाट पीडित भएकालाई पहिलो चरणमा भुजा, च्युरा, दाल, नुन, चाउचाउ लगायतका सामग्री वितरण गरिएका छन् । हरिनगर गाउँपालिकामा स्थानीय युवाको सहयोगमा राहत वितरण गरिएको छ भने इनरुवामा सन्तावन युवा क्लब, जेसिज इनरुवाको सहयोगमा राहत वितरण गरिएको जेसीज इनरुवाका अध्यक्ष सत्ययादबले जानकारी दिनुभयो । इनरुवा–४ मरिकटोल र अन्य ठाउका गरि ४० जनालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको जेसिज इनरुवाका अध्यक्ष यादवले बताउनुभयो । त्यसैगरी सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अ...
बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

इनरुवा नगरपालिका, कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । शनिबार र आइतबारको बर्षासंगै आएको बाढीका कारणले सुनसरीमा एक हजार भन्दा बढी घर प्रभावित भएका छन् । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगन्जमा गरेर जिल्लामा बाढीका कारणले १ हजार ३ सय ७० घर प्रभावित भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले बताउनुभयो । जिल्लामा रहेका बिभिन्न खोला तथा नदीमा आएको बाढीले ५ हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । प्रभावित भएका घरमा पानी प्रवेस गर्नुका साथै आंशिक रुपमा क्षति समेत भएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवामा दुई सय परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोलाको र पूर्वमा गडन खोलाको बाढीले इ...
बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

बर्षा रोकिएसंगै सप्तकोसी नदी शान्त हुदै

अन्तराष्ट्रिय, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
इनरुवा(सुनसरी), २० असोज । शनिबार बिहानै देखि तराई तथा पूर्वी पहाडि जिल्लामा भएको बर्षासंगै सप्तकोसी नदी रौद्र रुपधारण गर्दा सुनसरी, सप्तरीसंगै भारत बिहार राज्यका केही जिल्ला अशान्त रहेको थियो । बर्षाका कारणले सप्तकोसी नदीमा गएराति ५ लाख ३३ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो भने ५६ वटै ढोका खोलिएको थियो । सवारी अवागमनमा समेत रोक लगाएको थियो । सोमबार बिहानैबाट बर्षा रोकिएसंगै सप्तकोसी नदीमा समेत क्रमसः पानीको बहाव घट्दो क्रममा रहेको छ । सोमबार बिहान ६ ः बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर सप्तकोसी नदीबाट बग्ने पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रति सेकेण्ड रहेको थियो । सोमबार दिउँसो ११ बजेको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने सप्तकोसी नदीको पानीको बहाव ३ लाख १८ हजार १५० क्युसेक प्रतिसकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो । राति देखि नै पा...
बिपतमा गाजाँ तस्करी, ५ सय ३७ केजी गाँजा सहित एक जना पक्राउ

बिपतमा गाजाँ तस्करी, ५ सय ३७ केजी गाँजा सहित एक जना पक्राउ

कोशी गाउँपालिका, मुख्य खबर
इनरुवा(सुनसरी), २० असोज । देश बिपतमा रहेका बेलामा सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरको केराबारीबाट ५ सय ३७ केजी गाँजा सहित पक्राउ परेका एक जनालाई सोमबार सार्वजनीक गरेको छ । पक्राउ पर्नेमा दिनेश यादब रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । भारतीय सीमा नजिक रहेको केराबारी एरियामा गाजाँ राखिएको छ भनी गोप्य सूचनाको अधारमा गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गएराति ५ सय ३७ केजी जाँजा बरामद गरिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । गाजाँसंगै यादबलाई समेत नियनत्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ परेका यादबको बिषयमा अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।–––...
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

कोशी गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
अजितकुमार झा इनरुवा(सुनसरी), १९ असोज । पूर्वी पहाडि तथा तराईका जिल्लामा शनिबार बिहानै देखि बर्षा जारी रहेकाले सप्तकोसी नदिमा आइतबार बिहानै देखि पानीको बहाव उच्च भएको छ । ११ ः ०० बजे बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ५ लाख १० हजार ९६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुसभयो । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको ५२ वटा र नहरको ४ वटा गरेर ५६ वटा ढोका मध्यै ५६ वटै खुल्ला गरिएको उहाँले बताउनुभयो । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बालिएको छ भने रातो भण्डा समेत फहराइएको छ । त्यसैगरी कोसी ब्यरेज भएरे अवागमन हुने सवारी साधानमा समेत रोक लगाइएको छ । आइतबार बिहानै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मी र भारत बिहार सरकार जलसंसाधन बिभागका टोली समेतले कोसी ब्यारे...

सप्तकोसी नदीमा पानीको बहाव २ लाख ४८ हजार

कोशी गाउँपालिका, मुख्य खबर
इनरुवा(सुनसरी), १ असोज । पूर्वी पहाडि जिल्लामा भएको बर्षाले सप्तकोसी नदीमा पानीको बहाव २ लाख भन्दा मागि पुगेको छ । बुधबार राति ८ ः ०० बजेको मापन अनुसार सप्तकोसी नदीमा कोसी ब्यारेज भएर २ लाख ४८ हजार २ सय क्युसेक प्रतिसेकेण्ड बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिनुभयो । कोसी ब्यारेज भएर सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजको ३४ वटा ढोका खुल्ला गरिएको छ भने खतरा स्वरुप रातो बत्ति बालिएको छ ।–––...

सप्तकोसी नदीमा पानीको बहावमा बृद्धि

कोशी गाउँपालिका, मुख्य खबर
इनरुवा(सुनसरी), १ असोज । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको बर्षाका कारणले कोसी ब्यारेज भएर बग्ने सप्तकोसी नदीको पानीको बहावमा बृद्धि भएको छ । बुधबार साझ देखि कोसी ब्यारेज भएर बग्ने सप्तकोसी नदीको पानीको बहावमा बृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बुधबार राति १० ः ०० बजे गरिएको पानीको मापन अनुसार २ लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिनुभयो । सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा बृद्धि हुदै गएको उहाँले बताउनुभयो । बुधबार राति ८ बजेको मापन अनुसार सप्तकोसी नदीमा कोसी ब्यारेज भएर २ लाख ४८ हजार २ सय क्युसेक प्रतिसेकेण्ड बहाव रहेको थियो । आज राति १० ः ०० बजेको मापन अनुसार सप्तकोसी नदीको पानीको बहाव २ लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेण्ड रहेको सुनसरीका प्रहरी उपरीक्षक तिम्सनाले ब...

सप्तकोसी नदीमा एक जना बेपत्ता

कोशी गाउँपालिका, समाचार, स्थानिय खबर
इनरुवा(सुनसर), ५ असोज । सुनसरीको कोसी गाउँपालिका– ८ कोसी व्यारेज स्थित सप्तकोसी नदीमा शनिबार साझ एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा झापा कमल गाउँपालिका–५ लखनपुरटोलका ६३ बर्षीय लैन बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोसी ब्यारेज स्थित ६ नम्वर ढोकामा चटपटे खाई चटपटेवालालाई आफ्नो लाईसेन्स दिई हामफालेर बेपत्ता भएको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । हाम फालेर बेपत्ता भएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।–––...