
सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत
कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा
इनरुवा(सुनसरी), २१ असोज । शनिबार र आइतबार बर्षासंगै आएको बाढीबाट पीडित भएका सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायले पहिलो चरणको राहत वितरण गरेका छन् ।
सुनसरी सदरमुकाम इनरुवा सहित भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज, बराहक्षेत्र लागतका स्थानीयतहमा बाढीबाट पिडित भएकालाई पहिलो चरणको राहत सामग्री बितरण गरेका छन् । बाढीबाट पीडित भएकालाई पहिलो चरणमा भुजा, च्युरा, दाल, नुन, चाउचाउ लगायतका सामग्री वितरण गरिएका छन् ।
हरिनगर गाउँपालिकामा स्थानीय युवाको सहयोगमा राहत वितरण गरिएको छ भने इनरुवामा सन्तावन युवा क्लब, जेसिज इनरुवाको सहयोगमा राहत वितरण गरिएको जेसीज इनरुवाका अध्यक्ष सत्ययादबले जानकारी दिनुभयो ।
इनरुवा–४ मरिकटोल र अन्य ठाउका गरि ४० जनालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको जेसिज इनरुवाका अध्यक्ष यादवले बताउनुभयो । त्यसैगरी सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अ...