Thursday, October 16
Shadow

भोक्राहा नरसिंह गाउँपालिका

सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २१ असोज । शनिबार र आइतबार बर्षासंगै आएको बाढीबाट पीडित भएका सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायले पहिलो चरणको राहत वितरण गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा सहित भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज, बराहक्षेत्र लागतका स्थानीयतहमा बाढीबाट पिडित भएकालाई पहिलो चरणको राहत सामग्री बितरण गरेका छन् । बाढीबाट पीडित भएकालाई पहिलो चरणमा भुजा, च्युरा, दाल, नुन, चाउचाउ लगायतका सामग्री वितरण गरिएका छन् । हरिनगर गाउँपालिकामा स्थानीय युवाको सहयोगमा राहत वितरण गरिएको छ भने इनरुवामा सन्तावन युवा क्लब, जेसिज इनरुवाको सहयोगमा राहत वितरण गरिएको जेसीज इनरुवाका अध्यक्ष सत्ययादबले जानकारी दिनुभयो । इनरुवा–४ मरिकटोल र अन्य ठाउका गरि ४० जनालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको जेसिज इनरुवाका अध्यक्ष यादवले बताउनुभयो । त्यसैगरी सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अ...
बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

इनरुवा नगरपालिका, कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । शनिबार र आइतबारको बर्षासंगै आएको बाढीका कारणले सुनसरीमा एक हजार भन्दा बढी घर प्रभावित भएका छन् । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगन्जमा गरेर जिल्लामा बाढीका कारणले १ हजार ३ सय ७० घर प्रभावित भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले बताउनुभयो । जिल्लामा रहेका बिभिन्न खोला तथा नदीमा आएको बाढीले ५ हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । प्रभावित भएका घरमा पानी प्रवेस गर्नुका साथै आंशिक रुपमा क्षति समेत भएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवामा दुई सय परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोलाको र पूर्वमा गडन खोलाको बाढीले इ...
बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

बर्षासंगैको बाढीले ३ बिघा १० कठ्ठा केरा खेतीमा क्षति

अर्थ/कृषी, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साह मियाँले बर्षिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । साहले ८ बर्ष देखि निरन्तर रुपमा ब्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ । लिजमा ७ बिघा जग्गा लिई ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएर मियाँ केरा खेती गर्नुभएको थियो । शनिबार र आइतबार बर्षा, हावाहुण्डी सगै आएको बाढीका कारणले ३ बिघा १ कठ्ठा केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बर्षासंगैको बाढीका कारणले ३ बिघा १० कठ्ठामा बिउँ, मजदुर, खाद्यमल, जोतकोड पानी गरेर करिव १३ लाख रुपैयाँ भन्दा बढी केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बार्षिक रुपमा केरा खेती गर्दै आएकोमा बार्षिक रुपमा आउने बर्षासंगैको बाढीका कारणले केरा खेतीमा १० लाख रुपैयाँ देखि २५ लाख रुपैयाँ सम्मको क्षति हुने गरेको केरा खेती गर्दै आउनुभएका किसान एयुब साह मियाँले बताउनुभयो । ३ बिघा १० कठ्...
ओल खेतीबाट ३ लाख सम्म आम्दनी

ओल खेतीबाट ३ लाख सम्म आम्दनी

अर्थ/कृषी, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर
अजितकुमार झा इनरुवा(सुनसरी), १८ असार । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–८ का राजकुमार साहले ४ कठ्ठामा ओल खेती गर्नुभएको छ । लौकही देखि बिराटनगर जाने हुलाकी सडककै छेउमा रहेको आफनै ४ कठ्ठा जग्गामा ओल खेती गर्नुभएको छ । उहाँले ४ कठ्ठ खेतमा ओल खेती गर्दा खेत तयारी गर्दा खेती तयारी गर्दा देखि खाद्यमल, बिउँ, जनमजदुर औषधीमा १ लाख रुपैयाँको लागतमा ओल खेती गर्नुभयो । साहले आफ्नै जग्गामा ब्यवसायीक रुपमा ओल खेती गर्नुभएको छ । खेतीमा लगानी गर्दा अनुहार चिन्तित रहेकामा अहिले ओल खेतमा राम्रो भएपछि हासो छाएको छ । उहाँले ओल खेतीबाट ३ लाख रुपैयाँ सम्म आम्दनी गर्ने लक्ष्य राख्नुभएको छ । यस बर्ष खेतमा राम्रो ओल उत्पादन हुने भएपछि त्यसबाट एक सिजन अर्थात ३ महिनामा ३ लाख रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म आम्दनी गर्ने लक्ष्य रहेको साहको भनाई रहेको छ । आफ्नै जग्गामा पसीना बगाएर उत्पादन गरिएका सामग्री ...

दुर्घटनामा २ जनाको मृत्यु, २२ जना घाईते

भोक्राहा नरसिंह गाउँपालिका, समाचार
इनरुवा(सुनसरी), २ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहिबार बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । पूर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्वरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्वरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत हुन बाकी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा सुनसरीमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा सप्तरी रुपनी नगरपालिका –९ का २५ बर्षीय प्रकाश सरदार, ३० बर्षीया पुनम सरदार, सप्तरी खड्क नगरपालिका–५ का ५० बर्षीया ज्ञानदेवी चौधरी, सिराहा धनगढीमाई नगर...
बसले ट्रकलाई ठक्कर दिदा २ जनाको मृत्यु, २२ जना घाईते

बसले ट्रकलाई ठक्कर दिदा २ जनाको मृत्यु, २२ जना घाईते

भोक्राहा नरसिंह गाउँपालिका, स्थानिय खबर
इनरुवा(सुनसरी), २ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहिबार बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । मृत्यु हुनेमा सिरहा सकुवानकट्टि गाउँपालिका–३ का ४५ बर्षीय धनेश्वरीदेवी यादब रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभययो । एक जना मृत्तकको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो । पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्वरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्वरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा सप्तरी रुपनी नगरपालिका –९ का २५ बर्षीय प्रकाश सरदार, ३० बर्षीया पुनम सरदार, सप्तरी खड्क नगरपालिका–५ का ५० बर्षीया ज्ञानदेवी चौधरी, सिराहा धनगढीमाई नगरपालिका–३ का ५२ बर्षीया बानेश्वरी देवी चौधरी, धनगढीमाई ननगरपालिका–३ का ३५ बर्षीया केसीदेवी चौधरी, धनगढीमाई नग...

दुर्घटनामा मृत्यु भएका २ मध्यै एकको सनाखत

भोक्राहा नरसिंह गाउँपालिका, स्थानिय खबर
इनरुवा(सुनसरी), २ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहिबार बसले ट्रकलाई ठक्कर दिदा भएको दुर्घटनामा मृत्यु भएका माध्यै एक जनाको सनाखत भएण्को छ । मृत्यु हुनेमा सिरहा सकुवानकट्टि गाउँपालिका–३ का ४५ बर्षीय धनेश्वरीदेवी यादब रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभययो । एक जना मृत्तकको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो । पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्वरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्वरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना घाईते भएका छन् । घाईते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।–––...

उराँव समुदायको उत्थानका लागि स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्छ ः सभापति देउवा

भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर
इनरुवा(सुनसरी), २१ भदौ । नेपाली काङग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा शनिबार करम पूर्व सन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग सभापति देउवाले आग्रह गर्नुभयो । उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्नका लागि स्थानीय तथा प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उराँव समुदायको उत्थानकै लागि नेपाली काङग्रेसले नेपाल उराँव संघ गठन गरेको देउवाको भनाइ थियो । कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबह...