Thursday, October 16
Shadow

हरिनगर गाउँपालिका

सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायको राहत

कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २१ असोज । शनिबार र आइतबार बर्षासंगै आएको बाढीबाट पीडित भएका सुनसरीका बाढी पीडितलाई बिभिन्न दातृ निकायले पहिलो चरणको राहत वितरण गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा सहित भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज, बराहक्षेत्र लागतका स्थानीयतहमा बाढीबाट पिडित भएकालाई पहिलो चरणको राहत सामग्री बितरण गरेका छन् । बाढीबाट पीडित भएकालाई पहिलो चरणमा भुजा, च्युरा, दाल, नुन, चाउचाउ लगायतका सामग्री वितरण गरिएका छन् । हरिनगर गाउँपालिकामा स्थानीय युवाको सहयोगमा राहत वितरण गरिएको छ भने इनरुवामा सन्तावन युवा क्लब, जेसिज इनरुवाको सहयोगमा राहत वितरण गरिएको जेसीज इनरुवाका अध्यक्ष सत्ययादबले जानकारी दिनुभयो । इनरुवा–४ मरिकटोल र अन्य ठाउका गरि ४० जनालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको जेसिज इनरुवाका अध्यक्ष यादवले बताउनुभयो । त्यसैगरी सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अ...
बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

बाढीका कारण सुनसरीमा १ भन्दा बढी घर प्रभावित, इनरुवामा २ सय जना बिस्थापित

इनरुवा नगरपालिका, कोशी गाउँपालिका, देवांगञ्ज गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, मुख्य खबर, समाचार, स्थानिय खबर, हरिनगर गाउँपालिका
अजितकुमार झा इनरुवा(सुनसरी), २० असोज । शनिबार र आइतबारको बर्षासंगै आएको बाढीका कारणले सुनसरीमा एक हजार भन्दा बढी घर प्रभावित भएका छन् । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगन्जमा गरेर जिल्लामा बाढीका कारणले १ हजार ३ सय ७० घर प्रभावित भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले बताउनुभयो । जिल्लामा रहेका बिभिन्न खोला तथा नदीमा आएको बाढीले ५ हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । प्रभावित भएका घरमा पानी प्रवेस गर्नुका साथै आंशिक रुपमा क्षति समेत भएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवामा दुई सय परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोलाको र पूर्वमा गडन खोलाको बाढीले इ...

गोली प्रहारबाट एक जनाको मृत्यु

हरिनगर गाउँपालिका
इनरुवा(सुनसरी), ३० असार । सुनसरीको हरिनगरा गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी अर्चना खातुन रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । घरेलु विवाद हुदा आफ्नै भिनाजु भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका थिए । गोली लागेपछि अर्चनाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । गोली प्रहार गरे लगत्तै आरोपी आजाज मिया फरार भएको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाका सहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।–––...