
एक निजि बिद्यालयका शिक्षकले छात्रा बिद्यार्थीलाई अश्लील म्यासेज गरेको खुलासा
इनरुवा(सुनसरी), ११ असोज । शिक्षकलाई समाजमा गुरुको मान्यता दिने गरेको छ भने शिक्षकलै नै बालबालिकालाई सहि बाटो डोरयाउछ भने बिश्वास रहेको छ । तर कहिले काही एक÷दुई शिक्षकका कारणले शिक्षा पेशालाई समेत बदनाम गर्ने गरेका छन् ।
त्यस्तै एउटा घट्ना घटेको छ सुनसरी सदरमुकाम इनरुवामा । इनरुवा–३ स्थित स्मल हेभेन ऐकेडमि बिद्यालय कक्षाका १२ कोडिनेटर तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व छात्रा बिद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अङग देखाएको रहस्य सार्वजनीक भएको छ ।
शिक्षक मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अङग देखाउनुएको कुरा बाहिरिएको छ । शिक्षकले बिद्यार्थीलाई गोप्य अंग देखाएपछि जेनजी युवाको सहयोगमा बिद्यालयमा पुगेका थिए । बिद्यालयमा पुगेर यस बिषयमा बुझदा घटना यर्थात भएको पुष्टि भएपछि जेनजी युवाहरुको समुहले बिहिबार कुटपिट गर्दै आबश्यक कारवाहिका लागि जिल्ला प्रहरी कार्यालय...