
सप्तकोसीमा पानीको बहाव एक लाख ७३ हजार क्युसेक, सुनसरीमा अहिले खतरा छैन् ः प्रजिअ मिश्र
इनरुवा(सुनसरी), २० साउन । पूर्वी तराई तथा पहाडि जिल्लामा बर्षा भएसंगै सप्तकोसी नदीमा पानीको बहाव बढ्नेघटने क्रम जारी रहेको छ ।
कोसी ब्यारेज भएर बग्ने पानीको बहाव अहिले कुनै वेला बढ्ने कुनै बेला घट्ने क्रममा रहेको छ । मङगलबार बिहान ११ ः ०० बजे गरिएको मापन अनुसार कोसी व्यारेज भएर १ लाख ७३ हजार ३७५ क्युसेक प्रतिसकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
अहिले ५२ वटा मुल र ४ वटा नहरको गरेर ५६ वटा ढोकामध्ये २२ वटा खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो । सप्तकोसी नदीमा पानीको बहाव घट्बढ हुने क्रम जारी रहेको भएपनि अहिले सम्म सुनसरीमा कुनै खतरा नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
पूर्वी पहाडि तथा तराईका जिल्लामा बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव घटबढ हुनु स्वभावीक भएपनि अहिले सम्ममा कोसी नदीले कुनै पनि ठाउँमा ...