Friday, October 17
Shadow
अन्ततः मन्त्रीको सूचीबाट डा. मिश्राको नाम काटियो

अन्ततः मन्त्रीको सूचीबाट डा. मिश्राको नाम काटियो

यौन/स्वास्थ्य, समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले काटेकी छन् । आइतबार साँझ डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले उनको विवादास्पद विगत सार्वजनिक भएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन् । सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो । त्यसपछि त्यो फाइल सोमबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा फिर्ता पठाउँदा डा. मिश्राको नाम काटेर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । ‘हिजो राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको फाइलमा डा. संगीता कौशल मिश्राको नाम स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएर आएको थियो । ...
सुनसरी जिल्ला अदालतले दशैंमा विशेष व्यवस्था न्यायिक सेवामा अवरोध नहुने

सुनसरी जिल्ला अदालतले दशैंमा विशेष व्यवस्था न्यायिक सेवामा अवरोध नहुने

मुख्य खबर, समाचार
इनरुवा– यस वर्षको विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालतले न्यायिक सेवामा कुनै पनि अवरोध नहोस् भन्ने उद्देश्यले विशेष व्यवस्था गर्ने निर्णय गरेको छ। अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्मको अवधि भरि न्यायिक कार्यहरु नियमित रुपमा सञ्चालन गरिनेछ। अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाले जानकारी गराउँदै बताए, “यस पटकको दशैंमा सार्वजनिक चाडको अवसरमा अदालत पूर्ण रूपमा बन्द हुँदा थुनुवामा रहेका अभियुक्तहरूको कानूनी अधिकार प्रभावित हुन सक्छ। यसैले हामीले विशेष व्यवस्था गर्नुपर्यो।” अदालतले स्पष्ट पारेको छ कि असोज ६ देखि असोज २० सम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानूनी प्रक्रिया जारी रहनेछ। यस अवधिमा शनिबार र दशैंका महत्वपूर्ण दिनहरू बाहेक अन्य हरेक दिन अदालत बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ। यस विशेष व्यवस्था अन्तर्गत, अदालतले...
नेपालीहरूको महान् पर्व बडादशैं सुरु आज घटस्थापना

नेपालीहरूको महान् पर्व बडादशैं सुरु आज घटस्थापना

समाचार
आजबाट नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ, जसको प्रारम्भिक दिनलाई घटस्थापना भनिन्छ। यस दिन शास्त्रीय विधि अनुसार दुर्गा भवानीको पूजा आराधना गरिन्छ। घटस्थापनामा शुद्ध माटो र गोबरले स्थानलाई पवित्र बनाएर शुभ साइतमा कलश स्थापना गरिन्छ, सप्तधान्य छरिन्छ र नौ दिनसम्म शक्तिको आराधना गरिन्छ। दशमीका दिन टीका तथा जमरा ग्रहण गर्दा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने विश्वास छ। नवरात्रिका चार प्रमुख समय आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्लका नवरात्र हुन्, जसमा भक्तजनले विशेष उपासना गर्ने गर्दछन्। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्धमाता देवीको पूजा गरिन्छ। त्यसपछि कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीहरूको आराधना गरिन्छ। प्रत्येक दिनको पूजा र प्रसाद अर्पणले भक्तजनलाई आशीर्वाद, शक्ति र आध्यात...
बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ

बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ

इनरुवा नगरपालिका, मुख्य खबर
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। दशैं पर्व २०८२ का अवसरमा आयोजना गरिएको यस अभियानले धार्मिक स्थलको सफाइ र फोहोर व्यवस्थापनमा ठूलो महत्व दिएको छ। बविया फुटबल क्लवका कप्तान अशोक मेहताको नेतृत्वमा भएको यस सरसफाइ कार्यक्रममा स्थानीय खेलाडीहरू राम यादव, सन्तोष अधिकारी, सिया साह, प्रमोद मेहता, दिगम्बर यादव, उत्तम मण्डल, नागेश्वर साह र उपिया उराव लगायतका खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो। मन्दिर परिसरमा बढ्दो भक्तजनको भीडले उत्पन्न गर्ने फोहर व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्दै यस प्रकारको सरसफाइ कार्यक्रम आयोजना गरिएको मेहताले बताए। उनले भने, “धेरै भक्तजनहरूले मन्दिरको दर्शन गर्न आउँछन्, त्यसैले हामीलाई यहाँको वातावरण सफा र आकर्षक बनाउनुपर्छ।” सरसफाइ कार्यक्रममा संलग्न स्थानीय खेलाड...
जेनजी आन्दोलनले नयाँ परिवर्तन ल्यायो : महान्यायाधिवक्ता भण्डारी

जेनजी आन्दोलनले नयाँ परिवर्तन ल्यायो : महान्यायाधिवक्ता भण्डारी

मुख्य खबर, समाचार
काठमाडौँ । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जेनजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी हुन् । भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवाहरूले गोली खानुपरेको उनको भनाइ छ । जेनजी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको उनले बताइन् । आन्दोलनमा सहभागी युवाहरूले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र बिदेसिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाइ छ । उनले जेनजीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरू पुगेको बताइन् । जेनजी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उनको दाबी छ । उनले भनिन्, ‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरुले । त्यही पनि उनी...
कांग्रेस केन्द्रीय कार्यालय सानेपासहित ४८ कार्यालयमा आगजनी, १२५ जना नेताको घरमा क्षति

कांग्रेस केन्द्रीय कार्यालय सानेपासहित ४८ कार्यालयमा आगजनी, १२५ जना नेताको घरमा क्षति

समाचार
जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लालगायत मातहतका ४८ कार्यालयमा क्षति पुगेको छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केन्द्रीय कार्यालय आगजनी हुँदा करिब १० करोड रुपैयाँको क्षतिको विवरण प्राप्त भएको सेतोपाटीलाई बताए। भदौ २४ गते प्रदर्शनकारीहरूले सानेपास्थित केन्द्रीय कार्यालय तोडफोड गरी आगजनी गरेका थिए। ‘केन्द्रीय कार्यालयसहित देशभरका ४८ कार्यालयमा क्षति पुगेको छ,’ उनले भने। साथै सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठसहित १२५ जना नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको छ। कांग्रेसले मातहत समितिहरूलाई पत्राचार गर्दै पार्टी कार्यालय र नेताका घरमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन भनेको थियो। आजसम्म प्राप्त जानकारीअनुसार क...
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भने– सरकारलाई आवश्यक परे आधा सम्पत्ति दिन तयार छु

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भने– सरकारलाई आवश्यक परे आधा सम्पत्ति दिन तयार छु

मुख्य खबर, समाचार
भाटभटेनी ग्रुपका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले सरकारलाई आवश्यक परे आफूले आधा सम्पत्ति दिन तयार रहेको बताएका छन्। भदौ २४ गतेको तोडफोड तथा आगजनीमा ठूलो क्षति बेहोरेका गुरुङले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आफू राज्यलाई सहयोग गर्न तयार भएको बताएका हुन्। ‘मैले त पहिलेदेखि नै यो भन्दै आएको थिएँ। राज्यलाई आवश्यक परेको बेला म आधा सम्पत्ति दिन तयार छु,’ गुरुङले सेतोपाटीसँग भने, ‘आज प्रधानमन्त्रीसँगको भेटमा पनि मैले यही भनेको हुँ।’ गुरुङले व्यवसाय पुनःसञ्चालनका लागि भने तत्काल राज्यबाट राहत र सुरक्षा चाहिएको तर्क गरेका थिए। भदौ २४ गतेको आन्दोलनमा गुरुङले सञ्चालन गरेका भाटभटेनीको मुख्य कार्यालयसहित २८ वटा स्टोरमध्ये १२ वटामा आगजनीसहित पूर्ण क्षति भएको छ। त्यस्तै, नौ वटामा तोडफोड र सातवटामा मात्रै कुनै क्षति पुगेको थिएन। तोडफोड भएका सुपरस्टोर उनले पुनःसञ्चालनमा ल्य...